पर्सामा एकैदिन १७ कोरोना मुक्त हुँदा २४ जना नयाँ कोरोना संक्रमित थपिए

११ जेठ, पर्सा । आज पर्सामा एकै दिन १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । बिरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

१७ जनामध्ये पुरुष १० जना र महिला ७ जना छन् । उनीहरू सबै पर्साका हुन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या १ सय ४ पुगेको छ । शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका
थिए ।

नारायणीबाट निको हुनेमा पुनः संक्रमण देखिएका दुई जना थिए । जसमा एकजना युवक रौतहटका हुन् भने अर्का भारतीय नागरिक हुन् ।

आइतबार १७ जना निको हुँदा २४ जना संक्रमित थपिएका छन् । अहिले रातीको १० सम्मको डाटा अनुसार नपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।