Breaking News

मन्त्रिपरिषद् बैठकले दुईवटा निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले दुईवटा निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ । जसअनुसार उनी कार्यक्रममा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने छिन् ।

यस्तै, अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईको विदाई गर्ने निर्णय गरेको छ । उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय गरेको हो । यो । नयाँ गडबन्धन सरकार बनेपपछि बसेको पहिलो मन्त्रिपरिषदको बैठक हो ।