Breaking News

नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ सत्तासमीकरणमा सहभागी हुँने भएको छ । सो पार्टीले सरकारमा २ जना मन्त्री सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले आज नै नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरिसकेका छन् ।