Breaking News

नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला सचेतकमा सुनिता बराल मनोनित

२२ फागुन, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।

संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।