जिसस कास्कीद्वारा क्षेत्र न. एक र तीनका योजनाको अनुगमन

पोखरा । जिल्ला समन्वय समिति कास्कीको टोलिले   निर्बाचन क्षेत्र न  ३ को योजनाको आइतबार अनुगमन सम्पन्न  गरेको छ।प्रमुख लिलाधर पौडेलको  नेतृत्वमा  जिल्ला समन्वय अधिकारी नवराज बराल सहित सदस्य र कर्मचारी प्राबिधिक कर्मचारी सम्मीलित टोलिले  अनुगमन गरेको  हो।

कास्की निर्वाचन  क्षेत्र न ३ को पोखरा महानगर पालिका वडा न २३ मा नेपाल सरकार शहरी बिकास मन्त्रालय एकीकृत पूर्बाधार बिकास कार्यक्रम अन्तर  १२ करोड ४६ लाखको लागतमा  निर्माणाधीन कोल्ड स्टोर , प्रदशनि हल र सामुदायिक भवन सहितको  आयोजनाको अनुगमन गरिएको हो ।  जय नेपाल इश्वर निर्माण सेवा प्रा लि द्वारा निर्माण सुचारु उक्त आयोजनाको कार्य संतोषजनक पाइएको जि स स प्रमुख  लिलाधर पौडेलले  उल्लेख गर्नुभयो। पौडेलले गुणस्तर र निर्माण अबधिको उचित खयाल गर्दै आयोजनाको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

२०८१ कार्तिक महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको  उक्त आयोजनाको तीस प्रतिशत बित्तीय र ४० प्रतिशत भौतिक प्रगती देखिएको  संघीय  आयोजना कार्यान्वयन इकाइ पोखराका प्रमुख सुरज पौडेलले जानकारी दिनुभयो । त्यसैगरि कास्की निर्बाचन क्षेत्र न एक  पोखरा महानगर पालिका वडा न १२ स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित  रेट्रोफिटिङ आयोजनाको  आइतबार नै अनुगमन गरिएको  जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।