Breaking News

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी

सत्ता गठबन्धनमा खटपट भएपछि अचानक विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

संक्रमणकालीन न्याय, सत्ता गठबन्धन लगायतका विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसिरहेको एक नेताले जानकारी दिए।

संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।