कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

२० फागुन, धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् ।

गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

वडाध्यक्षसँगै स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ परेका छन् ।

मृतकका बुवाले वडाध्यक्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए । सोही किटानीका आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।