त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आजको खेलमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

यसअघि नै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । आजको खेल जित्ने टिमसँग नेपालले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र नेदरल्याण्ड्सको समान ४–४ अंक छ । रन रेटका आधारमा नामिबिया अंक तालिकाको पुछारमा छ । आजको खेल हेर्नका लागि क्यानले निःशुल्क गरिएको छ ।