Breaking News

आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले त्यसका लागि नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीका रुपमा अघि बढाउन आवश्यक रहेको बताए।

‘आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन,’ उनले भने।

कोइरालाले  निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको पनि बताए।

महासमिति बैठक सकिएको अवसरमा कोइरालाले काठमाडौंमा आज चियापान समारोह राखेका थिए।

समारोहमा पार्टीका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए। –न्युज एजेन्सी नेपालबाट

नेता डा. शशांक कोईराला