काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा २५ प्रतिशत महासमिति सदस्यले मात्र आफ्नो धारणा राख्न पाएका छन् । फागुन ७-१० मा चलेको महासमिति बैठकमा २३७३ जना महासमिति सदस्य हरेकोमा ६०१ जनाले मात्र आफ्नो धारणा राखेका हुन् ।
कांग्रेसले महासमिति सदस्यलाई समूहगत छलफलका लागि चार समूहमा विभाजन गरेको थियो । कोशी-सुदूरपश्चिम समूहबाट १६१, मधेस-कर्णालीबाट ११८, बागमती-गण्डकीबाट १८८ र लुम्बिनी, भातृ तथा शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समितिबाट १३३ जनाले धारणा राखो थिए ।