त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले पदभार ग्रहण

११ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।

बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शुक्रबार बिहान नियुक्तिपत्र बुझेर दिउँसो पदभार गरेका छन् ।

शिक्षा मन्त्री एवम् सहकुलपति अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन् ।

पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्रा।डा। व्यवस्थापन संकायअन्तर्गतको वित्त विषयका प्राध्यापक हुन् ।