Breaking News

लिफ्ट नदिने कार र टिपरमाथि स्थानीयले तोडफोड गरी चालकमाथि कुटपिट

नुवाकोटमा लिफ्ट नदिने कार र टिपरमाथि स्थानीयले तोडफोड गरी चालकमाथि कुटपिट गरेका छन्।

गएराति साढे ११:५० बजे ककनी गाउँपालिका-१ सिमुटारमा ना ८ ख ५३९८,ना ७ ख ३८३९ टिफर र बा १८ च ५८२३ नम्बरको कारमा स्थानीयले तोडफोड गरी चालकमाथि कुटपिट गरेका हुन्।

नुवकोटका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले सिमुटारका स्थानीयहरू गएराति काठमाडौंबाट घर फर्कँदै थिए।

तीनपिप्ले पुगेपछि उनीहरूले सिमुटार जान लागेको टिपर र कार भेटेर लिफ्ट मागेका थिए। लिफ्ट नदिएपछि उनीहरू हिँड्दै गाउँ पुगेका थिए।

‘लिफ्ट नदिएको गाडी गाउँमै देखेपछि उनीहरूको टिपर चालकसँग विवाद भएछ। त्यसपछि दुइटै टिपरका चालक र गाउँलेहरूबीच कुटाकुट नै भएछ,’ डिएसपी खड्काले भने।

कुटाकुट भएपछि गाउँलेहरूले टिपर  र कारको सिसा फुटाएका छन्। कुटाकुट हुँदा गाउलेहरू पनि घाइते भएको जानकारी प्राप्त भएको डिएसपी खड्काले जानकारी दिए।

कुटपिटबाट टिपरधनी काभ्रेको रोसी गाउँपालिका-१ बस्ने २७ वर्षीय रोजन स्याङतान घाइते भएको र उनलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको डिएसपी खड्काले बताए।

टिपर र कारमा तोडफोड तथा चालकमाथि कुटपिटमा संलग्नहरू फरार छन्। २/३ जना भने सम्पर्कमा आएको डिएसपी खड्काले बताए।