Breaking News

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन् । पछिल्लोपटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।