काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षाको समयतालिका सार्वजनिक

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले समयतालिका सार्वजनिक गर्दै आधारभूत तहको परीक्षा आगामी २ चैतदेखि सञ्चालन गर्ने जनाएको छ ।

९ चैतसम्म सञ्चालन हुने परीक्षाको लागि २० फागुनबाट विद्यार्थीको प्रवेश पत्र सफ्टवेयरबाट प्रिन्ट गरी परीक्षार्थीलाई वितरण गर्न शिक्षा विभागले विद्यालयलाई निर्देशन दिएको छ ।

कुनै आकस्मिक विदा पर्न गएमा काठमाडौं महानगरपालिकाको पूर्व सूचना परीक्षा बिना परीक्षा नरोकिने कुरा ध्यान दिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।