Breaking News

पाकिस्तानमा कसको सरकार : नवाज, इमरान कि बिलवाल ?

इस्लामावाद । पाकिस्तानमा आम निर्वाचन भएको ५ दिन बितिसक्यो । निर्वाचनपूर्व लन्डनमा निर्वासित जीवन बिताएर फर्किएका नवाज शरीफले सहजै जित हात पार्ने अनि चौथो पटक प्रधानमन्त्री बन्ने अड्कलबाजी गरिएको थियो । नवाजले सेनाबाट पनि व्यापक समर्थन पाइरहेका थिए । तर चुनावी नतिजाले उनको बाजी पल्टियो । इमरान खानको पार्टी पीटीआईलाई निर्वाचनबाट टाढा राख्ने सक्दो कोसिस भएको थियो । तर यो कोसिस असफल भयो । पार्टीले समर्थन गरेका निर्दलीय स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै सिटमा जिते ।

तर सरकार गठनको लागि चाहिने स्पष्ट बहुमत न पीटीआईले पायो न त शरीफको पीएमएल (एन)ले नै । निर्वाचनको नतिजा आएको यत्तिका दिन बितिसक्दा पनि सरकार गठनको टुङ्गो लाएको छैन । निर्वाचनमा पीटीआईका स्वतन्त्र उम्मेदवार पीएमएल (एन) र बिलवाल भुट्टोको पार्टी पीपीए सहभागी भएका थिए । पाकिस्तानको राष्ट्रिय सभामा कूल ३६६ सिट छ । यसमध्ये २६६ सिटका लागि प्रत्यक्ष तरिकाले मतदान भएको थियो । ७० सिट अल्पसङ्ख्यक (महिला–६० र गैर–मुसलमान–१०)का लागि आरक्षित गरिएको थियो ।
सरकार गठन गर्न कुनै पनि पार्टीले कम्तीमा १३४ सिट जित्नु पर्थ्यो । तर आम निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन सकेनन् । पीटीआईका स्वतन्त्र उम्मेदवारले ९३ सिटमा जित्दा, पीएमएल (एन)ले ७५ सिट, पीपीपीले ५४ सिटमा जित्यो । एमक्युएमले १७ सिटमा जित्दा जमीयत उलेमा ए इस्लामले ४ सिटमा जित हात पार्‍यो ।
सेनाले जुन तरिकाले नवाजलाई स्वदेश फिर्ता ल्याएको थियो, यो हेर्दा नवाजको दललाई बहुमत आउने आशा गरिएको थियो । नवाज चौथो पटक प्रधानमन्त्री बनेर प्रधानमन्त्री बन्ने अनि सेनाको अधीनस्थ सरकार बन्ने अनुमान गरिएको थियो । तर यस्तो भएन ।

जनताले इमरानको समर्थनमा निकै जोश देखाए । निर्वाचन आयोगले पीटीआईको चुनाव चिह्न खोसिदियो । पार्टी समर्थित स्वतन्त्र उम्मेदवारहरूले अनेकौँ चुनाव चिह्न लिएर उठे  पनि जनताले जेलभित्र बसिरहेका इमरानकै पार्टीले समर्थन गरेका उम्मेदवारहरूलाई जिताए ।
  • कसको बन्ला सरकार ?

पाकिस्तानमा कुन कुन दलले सरकार बनाउँछ भन्ने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । पाकिस्तानको संविधान अनुसार निर्वाचन भएको २१ दिनभित्र सरकार गठन गरिसक्नु पर्नेछ । अर्थात् दलहरूसमक्ष फेब्रुअरी २९सम्मको समय छ । अहिलेसम्म कुन कुन दलहरूले सरकार बनाउलान् भन्ने स्पष्ट भइसकेको छैन ।

  • यस्तो बन्न सक्छ समीकरण

शहबाज र बिलवालबिच बराबरी

सन् २०२२ मा  इमरान खानले विश्वासको मत हारेपछि शहबाज शरिफले बिलवाल भुट्टोको पार्टी पीपीपीसँग मिलेर गठबन्धन सरकार बनाएका थिए । भुट्टो शरीफ सरकारमा विदेश मन्त्री थिए ।

3a3153e0-c997-11ee-896d-39d9bd3cadbb

पछिल्लो निर्वाचनमा बिलवाल बहुमत पाएर प्रधानमन्त्री बन्न चाहन्थे । तर उनको पार्टीले बहुमत पाएन । ५४ सिटमा पार्टी समेटियो । केही सूत्रका अनुसार बिलवालले प्रधानमन्त्री पदका लागि मोलमोलाइ गरिरहेका छन् । शहबाज र बिलबाल ३ र २ वर्षका लागि प्रधानमन्त्रीको पदमा बाँडेर लिन राजी हुन सक्ने सम्भावना छ ।

इमरान माथिको मुद्दा खारेज गरेर नवाजलाई समर्थन

इमरान खानमाथि शहबाज शरीफ नेतृत्वको सरकारले भ्रष्टाचारका सयौँ आरोप लगाएको छ । भ्रष्टाचार मुद्दामा खान १४ वर्षको जेल सजाय पाएर जेलमा छन् । इमरानलाई भ्रष्टाचारका कयौँ मामिलामा तत्कालै जमानत दिइएको खबर पनि आइरहेका छन् । यसले गठबन्धन सरकारको अर्को एउटा समीकरण बन्न सक्ने देखिएको छ । इमरान खान पीएम पदमा नवाज शरीफलाई समर्थन गर्ने घोषण गर्न पनि सक्छन् । इमरानले अहिलेसम्म यो सम्भावना अस्वीकार गरिरहेका छन् । तर उनीमाथिको मुद्दाहरू खारेज हुने सम्भावनामा यो पनि सम्भव हुन सक्छ ।

9bf651c0-c997-11ee-a080-9d897c1f3177

यद्यपि, पीटीआईका नेता ब्यारिस्टर गोहर अली खानले भने पार्टीले पीएमएल–एन वा पीपीपीसँग कुनै सम्झौता नगर्ने बताएका छन् । यस्तो गठबन्धन गर्नु भन्दा पीटीआई विपक्षमा बस्ने उनको भनाइ छ ।

 इमरानका निर्दलीय उम्मेदवार नवाजको पक्षमा

ba0a0e90-c997-11ee-8685-316409d66f25

अर्को एउटा समीकरणमा भने नवाजले साना दलहरूसँग मिलेर सरकार बनाउन सक्छ । यसका लागि उनले ठुलो सङ्ख्यामा पीटीआईका निर्दलीय स्वतन्त्र उम्मेदवारहरुलाई पीएमएल–एनमा ल्याउन सक्छन् । दलका शीर्ष नेताहरूमाथिको मुद्दा खारेज गरेर पदको लोभ देखाउन सकिने सम्भावना पनि छ ।  निर्वाचनमा जीत लगत्तै पीटीआई समर्थित एक उम्मेदवारले नवाजको पार्टी प्रवेश गरेका थिए । अन्य उम्मेदवार पनि यसै गरी आउँदैनन् भन्न सकिन्न ।

एजेन्सीहरूको सहयोगमा

एजेन्सी