काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौंबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने भएका
छन् ।
आन्दोलनको तयारीमा रहेका महतोले आफू मधेसमा मात्र केन्द्रित नरहेको सन्देश दिनका लागि पनि पहिलो शक्ति प्रदर्शन काठमाडौंबाट गर्ने तयारी गरेको उनी निकट नेताहरू बताउँछन् । त्यसका लागि महतोले गोप्य ढङ्गले काठमाडौं र वरपरका जिल्लामा प्रशिक्षण तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।
आदिवासी जनजाति, खस आर्य समुदायलाई साथमा लिनका लागि उनले अहिले दिनहुँ प्रशिक्षणका कार्यक्रम गरिरहेको उनी निकट नेता बताउँछन् । महतोले काभ्रे, धादिङ, सिन्धुली, काठमाडौं लगायत विभिन्न ठाउँमा प्रशिक्षण चलिरहेका छन्।