काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालत काठमाडौँले अदालतले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका संचालक अरुण कुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुर थुनामा छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि उनलाई पुनः म्याद थप गर्न प्रहरीले अदालतमा उपस्थित गराएको हो ।