Breaking News

मेयर बालेन शाहले मन्त्रालयलाई जवाफ धरहराभित्रको निःशुल्क पार्किङ बन्द नहुने तर अझै व्यवस्थित बनाउँदै लैजाने

२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङ बनाएपछि शहरी विकास मन्त्रालयले आफुसँग समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै बन्द गर्न अनुरोधसहितको पत्र काटेपछि जवाफमा मेयर बालेन शाहले धरहराभित्रको निःशुल्क पाकिङ बन्द नहुने बताएका छन् ।

मन्त्रालयले पत्रका भनेको निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भनेपछि मेयरबालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै बालेनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

मेयर शाहले बन्द नहुने तर अझै व्यवस्थित बनाउँदै लैजाने बताए । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।