पश्चिम नवलपरासीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते

काठमाडौं । पश्चिम नवलपरासीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली प्रहार भएको हो ।

पाखुरामा गोली लागेर घाइते भएका विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको थियो । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहअरीले जनाएको छ ।