अर्घाखाँचीमा जीप दुर्घटना दुई जनाको मृत्यु

रूपन्देही । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान बिहान ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन । लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको प्रहरीले जनाएको छ । दुर्घटना के कारण भयो भन्ने विस्तृत खुलेको छैन ।