Breaking News

एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठकले नेताहरूको उमेर हद हटाउदै सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठक आज समापन हुँदै बैठकले नेताहरूको उमेर हद नराख्ने भएको छ । त्यस्तै परिषद् बैठकले सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ । दोस्रो केन्द्रीय परिषद् बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष डा. बेदुराम भुसालले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुनेछन् ।

त्यस्तै प्रदेश कमिटीको सङ्ख्या ७५ देखि ९९ सम्म हुने र प्रदेश कमिटीको पदाधिकारीको सङ्ख्या ७ हुने विधानमा व्यवस्था गरेको छ । प्रदेश पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र तीन उपसचिव हुने व्यवस्था गरेको सो पार्टीले जिल्ला कमिटी ५५ सदस्यीय बनाउने भएको छ । तर एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ३ महिला थपिने छन् ।

त्यस्तै जिल्ला कमिटीका पदाधिकारीको सङ्ख्या पनि सात नै रहने भएको छ । जुन हाल पनि कायम छ ।

त्यस्तै पालिका कमिटीको सङ्ख्या ४५ बनाउने परिषद् बैठकले पारित गरेको छ । तर ५ भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप्ने निर्णय पारित भएको छ । परिषद्ले गरेका निर्णयलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो ।