Breaking News

ललितपुरको नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको
छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् ।

मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । उनी करिब ५५–६० उमेरकी छन् ।