Breaking News

नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आज दिउँसो २ बजेका लागि सचिवालय बैठक बोलाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

माघ १४ र १४ मा बस्ने केन्द्रीय परिषद् बैठकमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि छलफल हुनेछ । ‘जिल्ला तहबाट विधान संशोधन मस्यौदामाथि आएका सुझावहरू कति र कसरी समेट्ने भन्नेबारेमा सामान्य छलफल हो । आजको सचिवालयले अरू खासै ठुलो निर्णय केही गर्दैन ।

पार्टीले माघ १४ गतेबाट विधान संशोधनका लागि केन्द्रीय परिषद् बैठक बोलाएको छ । देशभरका करिब १५ सय प्रतिनिधि सहभागी हुने परिषद् बैठकले प्रस्तावित पार्टी विधानको मस्यौदालाई थप परिष्कृत पार्ने सो पार्टीका नेताहरूले बताएका छन् ।