म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोड स्थित भित्री गल्ललीमा दुई समूहबीच ग्याङ फाईट हुँदा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । आज साँँझ करिब साढे ५ बजेतिर युवाहरुको दुई समुह विच एक आफसमा हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको छ।
घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको कुझिएको छ । सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोली कामना डेभलपमेन्ट बैंक नजिकै रहेको भित्री गल्लीमा जमकाभेट भएको थियो ।
दुई समूहका युवाहरुबीच झगडामा एक्कासी खुकुरीले छातीमा प्रहार भएपछि शुशिल गर्बुजा गम्भीर घाईते भएका थिए । मृतक यूवा सहितको टोली सवार मोटरसाइकललाई अर्को टोलीले घेरेर प्रहार गरेको बताइएको छ । घटनामा संलग्न कसैलाई पनि पहिचान गर्न नसकेको प्रहरीले बताएको ।
प्रहरीले उक्त घटनाका प्रत्यक्षदर्शीहरुबाटै अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनामा संंलग्नहरूको खोजीकार्यलाई तिब्रता दिएको छ ।
बेनीबजारबाट ग्रामिण क्षेत्रमा जाने सडक र बाहिरी जिल्ला जाने नाकामा समेत ब्यापक चेकजाँच भइरहेको छ । संलग्नहरु २०–३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । झगडामा संलग्न दुवै समुह बिच पूरानो रिसिबी भएको वा अन्य कारण बारेमा विस्तृत खुलिसकेको छैन ।