Breaking News

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक

पूर्वनिर्धारित कार्यक्रम अनुसार आज सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको नतिजा प्राप्त भएको छ । प्राप्त विवरण अनुसार कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको श्री रुकमिणी कोइरालाले प्रदेश सभा सदस्य तर्फको 49 मतको 2597 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 131 मतको 2489 मतभार प्राप्त गर्नु भई कूल 180 मतको सबैभन्दा वढि कूल 5086 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । कोशी प्रदेशको अन्य समूह तर्फ नेपाली काँग्रेस दलको श्री कृष्णप्रसाद सिटौलाले प्रदेश सभा सदस्यतर्फको 45 मतको 2385 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 153 मतको 2907 मतभार प्राप्त गर्नु भई कूल 198 मतको सबैभन्दा वढि कूल 5292 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपाल दलको श्री पूजा चौधरीले प्रदेश सभा सदस्यतर्फको 76 मतको 4028 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 205 मतको 3895 मतभार प्राप्त गर्नु भई कूल 281 मतको सबैभन्दा वढि कूल 7923 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । मधेश प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री आनन्दप्रसाद ढुगाँनाले प्रदेश सभा सदस्य तर्फको 67 मतको 3551 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 201 मतको 3819 मतभार प्राप्त गर्नु भई कूल 268 मतको सबैभन्दा वढि कूल 7370 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री बिष्णुदेवी पुडासैनीले प्रदेश सभा सदस्यतर्फको 64 मतको 3392 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 170 मतको 3230 मतभार प्राप्त गर्नु भई कूल 234 मतको सबैभन्दा वढि कूल 6622 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । बागमती प्रदेशको दलित समूह तर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको श्री घनश्याम रिजालले प्रदेश सभा सदस्यतर्फको 63 मतको 3339 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 167 मतको 3173 मतभार प्राप्त गर्नु भई कूल 230 मतको सबैभन्दा वढि कूल 6512 मतभार र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री श्रीकृष्णप्रसाद अधिकारीले प्रदेश सभा सदस्यतर्फको 62 मतको 3286 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 163 मतको 3097 मतभार प्राप्त गर्नु भई कूल 225 मतको सबैभन्दा वढि कूल 6383 मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री जितजगं बस्नेतले प्रदेश सभा सदस्यतर्फको 63 मतको 3339 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 168 मतको 3192 मतभार प्राप्त गर्नु भई कूल 231 मतको सबैभन्दा वढि कूल 6531 मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री मनरुपा शर्माले प्रदेश सभा सदस्यतर्फको 35 मतको 1855 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 95 मतको 1805 मतभार प्राप्त गर्नु भई कूल 130 मतको सबैभन्दा वढि कूल 3660 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । गण्डकी प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री पदमबहादुर परियारले प्रदेश सभा सदस्यतर्फको 35 मतको 1855 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 101 मतको 1919 मतभार प्राप्त गर्नु भई कूल 136 मतको सबैभन्दा वढि कूल 3774 मतभार तथा अन्य समुदायतर्फ नेपाली काँग्रेस दलको श्री किरणबाबु श्रेष्ठले प्रदेश सभा सदस्यतर्फको 36 मतको 1908 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 100 मतको 1900 मतभार प्राप्त गर्नु भई कूल 136 मतको सबैभन्दा वढि कूल 3808 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री विष्ण्कुमारी सापकोटा ले प्रदेश सभा सदस्यतर्फको 52 मतको 2756 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 141 मतको 2679 मतभार प्राप्त गर्नु भई कूल 193 मतको सबैभन्दा वढि कूल 5435 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । लुम्विनी प्रदेशको अन्य समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री झक्कुप्रसाद सुवेदीले प्रदेश सभा सदस्यतर्फको 52 मतको 2756 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 141 मतको 2679 मतभार प्राप्त गर्नु भई कूल 193 मतको सबैभन्दा वढि कूल 5435 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

कर्णाली प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको श्री सावित्री मल्लले प्रदेश सभा सदस्यतर्फको 29 मतको 1537 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको 115 मतको 2185 मतभार प्राप्त गर्नु भई कूल 144 मतको सबैभन्दा वढि कूल 3722 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेशको दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको  श्री विष्णुबहादुर विश्वकर्माले प्रदेश सभा सदस्यतर्फको 29 मतको 1537 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 120 मतको 2280 मतभार प्राप्त गर्नु भई कूल 149 मतको सबैभन्दा वढि कूल 3817 मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री कृष्णबहादुर रोकायाले प्रदेश सभा सदस्य तर्फको 30 मतको 1590 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 120 मतको 2280 मतभार प्राप्त गर्नु भई कूल 150 मतको सबैभन्दा वढि कूल 3870 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

सुदुरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री रेनु चन्दले प्रदेश सभा सदस्य तर्फको 41 मतको 2173 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 120 मतको 2280 मतभार प्राप्त गर्नु भई कूल 161 मतको सबैभन्दा वढि कूल 4453 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । सुदुरपश्चिम प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री नारायणदत्त भट्टले प्रदेश सभा सदस्यतर्फको 40 मतको 2120 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको 121 मतको 2299 मतभार प्राप्त गर्नु भई कूल 161 मतको सबैभन्दा वढि कूल 4419 मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री बलदेव बोहराले प्रदेश सभा सदस्यतर्फको 39 मतको 2067 मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको 119 मतको 2261 मतभार प्राप्त गर्नु भई कूल 158 मतको सबैभन्दा वढि कूल 4328 मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनैतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम एवम् सम्पूर्ण सरोकारवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आयोग सम्वन्धित सबैमा धन्यवाद ब्यक्त गर्दछ ।