आहारारा पोखरा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदै

११ माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदैछ । खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

आहाराराको २३औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन् । मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक भाग लिएका छन् । तर, कुनै पनि संस्करणमा दुवै टिम भिडेका थिएनन् ।

आहारारामा मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३(१ ले पराजित हुँदै बाहिरिएको थियो ।