Breaking News

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान

१० माघ, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान लिएको छ ।

अख्तियारले तत्कालिन सञ्चार मन्त्रालयको सचिव रहेका हालका मुख्यसचिव अर्यालसँग केही दिनअघि बयान लिएको हो । ‘केही आयुक्तहरुले सहजीकरण गरिदिएपछि मुख्यसचिव अर्याल गोप्य रुपमा आयोगमा आएर अनुसन्धान अधिकृतसमक्ष बयान दिएको बुझिएकोे छ ।

कानूनी पूर्वाधारविना विवादास्पद प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकुल व्याख्या गरेको, ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेको भनी अख्तियारले नेपाल दुरसञ्चार प्राधिकरणबाट भएको टेरामक्स प्रविधि खरिदबारे अनुसन्धान गरिरहेको छ ।