Breaking News

जलजलाका एकीकृत समाजवादी नेता एमाले मै फर्किए

माघ ९, जलजला, पर्वत । एकिकृत समाजवादी जलजला कमिटीका अध्यक्ष लालवीर पुन एमालेमा फर्किएका छन् । आज पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा एक कार्यक्रमका बीच एकिकृत समाजवादी जलजलाका नेता पुन एमालेमा फर्किएका हुन् ।

एकीकृत समाजवादी नेता पुनलाई एमाले गण्डकी प्रदेश सदस्य लालबहादुर अधिकारीले एमालेमा स्वागत गरेका छन्। जलजला ६ सालिजाका लोकप्रिय नेता समेत रहेका पुन एमाले विभाजनताका नेकपा(एकीकृत समाजवादी) मा लोका थिए ।

नेता पुनलाई नेकपा एमालेका प्रदेश सदस्य अधिकारीका साथै गाउँपालिका कमिटीका कार्यबाहक अध्यक्ष बावुराम कार्की, सचिव रेग्मी, उपसचिव निलकण्ठ सुवेदी लगायतले पार्टीमा स्वागत गरेका थिए ।

एमालेमा प्रवेशताका बोल्दै नेता पुनले मुलुकको विकास र परिवर्तनका लागि नेकपा एमालेमा गोलबन्द हुन आवश्यक ठानेर आफू एमालेमा फर्किएको सुनाए । उक्त अवसरमा पुनले जलजलामा रहेका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुलाई पनि पुरानो घर नेकपा एमालेमा फर्किन अनुरोध समेत गरेका छन् ।

एमालेमा फर्किएका समाजवादी नेता तथा कार्यकर्ताहरुलाई उपयुक्त र सम्मानजनक जिम्मेवारी प्रदान गरिने प्रदेश कमिटी सदस्य अधिकारीले उक्त अवसरमा बताए । उनले अगाडी भने, जलजलामा एमालेलाई थप बलियो बनाउन पार्टी छाडेर अन्य पार्टीमा गएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्काउन पार्टीले अभियान संचालन गरेको उनले बताए । नेता पुन गएको वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत थिए।

लेखक : कृष्णबहादुर कार्की