Breaking News

दाङको रिहार जंगलमा काठमाडौँ जाँदै गरेको बस दुर्घटना दुई जनाको मृत्यु

दाङ ।  बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए ।

शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो।

‘बस जंगल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जस्तो देखिएको छ,’डिएसपी मल्लले भने।

दुर्घटनामा चालक मात्रै घाइत छन्।  बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि  दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।