काठमाडौं । बागलुङको बडिगाड गाउँपालिमा कार्यरत स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई मोसो दलेको छ । उनलाई आज मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले केसी लाई मोसो दलेको हो।
आज कार्यालय समयमा कार्यालय जाँदै गरेका उनलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ कमिटीले मोसो दलेको जानकारी सो पार्टीका केन्द्रीय सदस्य डिलबहादुर कठायतले बताएका छन् ।
स्वास्थ्य प्रमुख केसीले म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाहीस्वरूप कालोमोसो दलेको बाग्लुङ जिल्ला इन्चार्ज अजनवीले बताएका छन् ।
एक विज्ञाप्ति जारी गर्दै जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा विज्ञप्तिमा, ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले त्यस वापत उनलाई कारबाही गरिएको भनिएको छ ।
बिज्ञाप्तिमा भनिएको छ, क्रान्तिकारी पार्टीले आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी समेत दिएको छ।