पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शुुक्रबार दिउँसो पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेस्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा घाइते भएका बालक समिर कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।
बाल प्रतिभा बोर्डिङ स्कुलमा नर्सरी कक्षामा अध्ययनरत पोखरा–२४ का तेजबहादुर कार्कीको छोरा समिर स्कुल बसबाट झरेर घरतर्फ जाने क्रममा उक्त बसले ठक्कर दिएको थियो ।
्उनलाई उपचारको लागि सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल ल्याईएको र उपचारको क्रममा ४ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले स्कुल बस र बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।