Breaking News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा पुगे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा पुगेका छन् । असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड काम्पला पुगेका हुन् ।

कतार एअरलाइन्सबाट युगान्डा प्रस्थान गरेका प्रचण्ड त्यहाँको स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे इन्टिबे विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।