आजकोे लागि तरकारी बजारको भाउ यस्तो छ

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारीको भाउ हिजोको तुलनामा सामान्य घटबढ भएका छन्।

केही तरकारी तथा फलफूलको भाउ स्थिर छ।

आज नेपाली रातो आलुको भाउ ३६ देखि ३८ रूपैयाँ प्रतिकिलो छ। हिजो यसको भाउ ३४ देखि ३६ रूपैयाँ थियो।

त्यस्तै भारतीय रातो आलुको भाउ स्थिर छ।  हिजो ३० देखि ३२ रूपैयाँमा कारोबार भएको भारतीय रातो आलुको भाउ आज पनि उही छ।

आज पिँडालुको भाउ ७६ देखि ८० रूपैयाँ प्रतिकिलो छ। यस हिसाबमा पिँडालु आलुभन्दा दोब्बर महँगो देखिएको छ।

नेपाली गोलभेँडाको भाउ आज स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेअनुसार आज ठूलो गोलभेँडाको भाउ ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ।

भारतीय ठूलो गोलभेँडाका भाउ भने किलोमा ५ रूपैयाँ घटेको छ। हिजो ५५ देखि ६५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको भारतीय ठूलो गोलभेँडाको भाउ आज ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै सानो गोलभेँडा १८ देखि २५ रूपैयाँ, टनेलको सानो गोलभेँडा २० देखि ३० रूपैयाँ र तराईको सानो गोलभेँडा २५ देखि ३५ रूपैयाँ प्रतिकिलो छ।

आज भारतीय प्याजको भाउ ८० देखि ८५ रूपैयाँ प्रतिकिलो छ। चिनियाँ प्याज भारतीयभन्दा २० रूपैयाँ सस्तो ६० देखि ६५ रूपैयाँ प्रतिकिलो छ।

आज स्थानीय काउली ४० देखि ५० रूपैयाँ प्रतिकिलो, बन्दा २० देखि ३० रूपैयाँ, भन्टा ४० देखि ५० रूपैयाँ, मटरकोशा ८० देखि १०० रूपैयाँ प्रतिकिलो, घिउँ सिमी ७० देखि ८० रूपैयाँ, तितो करेला १२० देखि १४० रूपैयाँ भाउ तोकिएको छ।

त्यस्तै रायोको साग ५० देखि ६० रूपैयाँ, पालुगो, चमसुर र मेथीको साग ११० देखि १२० रुपैयाँ प्रतिकिलो भाउ तोकिएको छ।