काठमाडौं । डेढ लाख तलबको प्रलोभन देखाएर ४३ लाख ठगी गर्ने एक जना महिला पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको हो ।
उनले दीपक राज कडेँललगायतलाई ४३ लाख ठगी गरेका थिए । उनले माल्टा पठाइने भन्दै प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र डेढ लाख तलब पाउने आश्वासन दिएका थिए ।
स्वयम्भुबाट पक्राउ परेकी रानालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।