Breaking News

न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावललाई अदालतको गेटबाटै नियन्त्रणमा

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावललाई प्रहरीले अदालतको गेटबाटै नियन्त्रणमा लिएको छ । आज बिहान सर्वोच्च पुगेकी गिरीले विरोध प्रदर्शन गर्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुई दिनअघि आरतीले सर्वोच्च परिसरभित्र आत्मदाहको प्रयास गरेकी थिइन् । यस्तै, आज सर्वोच्च पुगेर न्याय माग्दै उनले नारावाजी गरेकी थिइन् । न्यायाधीश गिरीले आफूलाई वैवाहिक बलात्कार गरेको आरोप लगाउँदै आरती कानूनी लडाइँ लडिरहेकी छन् । आरतीको मुद्दा विचाराधीन छ ।