२९ पुस, काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ स्थित पानीघाट नजिक हिमचुली सेतोपहरामा हिजो दिउँसो भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको छ।
काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३(०१(२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो । दिउँसो १ः५५ बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।