फलफूल तथा तरकारी बजारमा आजको मुल्य निर्धारण

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल सानो गोलभेँडा सबै भन्दा सस्तो छ भने डल्ले च्याउ सबैभन्दा महँगो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार लोकल गोलभेँडा आज १० देखि १६ रूपैया प्रतिकिलो छ।

टनेलको सानो गोलभेँडा २० देखि २५ रूपैयाँ प्रतिकिलो छ। तराईको सानो गोलभेँडाको भाउ २० देखि ३० रूपैयाँ प्रतिकिलो छ।

ठूलो गोलभेँडा भने ४० देखि ५० रूपैयाँ मूल्य तोकिएको छ। भारतीय ठूलो गोलभेँडाको भाउ १० रूपैयाँ महँगिएर ५० देखि ६० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

रातो आलु ३४ देखि ३६ रूपैयाँ प्रतिकिलो र भारतीय रातो आलु ३० देखि ३२ रूपैयाँ तोकिएको छ।

त्यस्तै भारतीय सुकेको प्याज आज चिनियाँ प्याज भन्दा १५ रूपैयाँ महँगो छ। भारतीय सुकेको प्याजको भाउ ८५ देखि ९० रूपैयाँ छ भने चिनियाँ सुकेको प्याजको भाउ ६० देखि ६५ रूपैयाँ छ।

आज लोकल बन्दा ३० देखि ३५ रूपैयाँ, स्थानीय काउली ३० देखि ३५ रूपैयाँ, रातो मूला १० देखि १५ रूपैयाँ, मटरकोशा ६० देखि ७० रूपैयाँ, लोकल घिउ सिमि ५० देखि ६० रूपैयाँ, टाटे सिमि ३० देखि ४० रूपैयाँ छ।