राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनवटा सिटमा हुने निर्वाचनअन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एकएक सिट परेको छ ।

जसअन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।