२३ पुस, काठमाडौं । रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रकम हिनामिना गरी फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अध्यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्य विनोद कुमार ओझा रहेका छन् ।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरेको प्रहरीको आरोप छ ।