Breaking News

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य उम्मेदवार यसप्रकार छन्

काठमाडौँ । माओवादी केन्द्रले आगामी माघ ११ गते हुन गइरहेका राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । सत्ता गठबन्धन दलहरूबिच सहमति भएपश्चात् माओवादीले आफ्नो कोटामा परेका ६ सिटका लागि उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारीका लागि कोशीबाट महिलातर्फ चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दको नाम अनुमोदन गरेको हो । कोशीका कार्की र बागमतीका अधिकारी जनयुद्धका घाइते नेता हुन् । गण्डकीकी शर्मा सहिद परिवारबाट आएकी हुन् । कालिकोटका बिक पुराना नेता हुन् । सुवेदी र चन्द माओवादीभित्र प्रभाव राख्ने नेतामा गनिन्छन् । उम्मेदवार रहेका ६ जनामध्ये ५ जना केन्द्रीय सदस्य हुन् भने एक जना प्रदेश समिति सदस्य हुन् ।