सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ । दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले आज एक सूचना जारी गर्दै दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो ।

गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेको थियो ।

त्यसपछि चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।