काठमाडौँ । माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ ।
आजको बैठकले भागबन्डा टुङ्ग्याउने छ । गठबन्धन दलको बैठकअघि आजै गठबन्धनमा सहभागी शीर्ष तीन दलको बैठक बसेको थियो ।
बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको छ ।