आजको तरकारीको भाउ यस्तो छ

आज कालीमाटी बजारमा सानोगोलभेँडासबैभन्दा सस्तो १० देखि १२ रूपैयाँ मूल्य तोकिएको छ।

नेपाली र भारतीय ठूलो गोलभेडाको भाउ समान ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ। टनेलको सानो लोकलगोलभेँडा१२ देखि २० रूपैयाँ प्रतिकिलो र तराई गोलभेँडा २० देखि ३० रूपैयाँ प्रतिकिलो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल र तरकारीको भाउ तोक्छ।

जस अनुसार आज सबैभन्दा महँगो तरकारी डल्ले च्याउको भाउ २८० देखि ३ सय रूपैयाँ प्रतिकिलो छ। कन्य च्याउको भाउ १४० देखि १६० रूपैयाँ प्रतिकिलो छ।

अकबरे खुर्सानी ४ सयदेखि ५ सय रूपैयाँ प्रतिकिलो भाउ तोकिएको छ। हरियो बुलेट खुर्सानी ८० देखि ९० रूपैयाँ र माछे खुर्सानीको भाउ ६० देखि ७० रूपैयाँ तोकिएको छ।

त्यस्तै रातो आलु ३४ देखि ३६ रूपैयाँ प्रतिकिलो, भारतीय रातो आलु ३० देखि ३२ रूपैयाँ र सेतो आलु २५ देखि २७ रूपैयाँ प्रतिकिलो तोकिएको छ।