Breaking News

नारायणहिटी दरबार संग्रहालयबकट गणतन्त्र स्मारक हटाउन माधव नेपालको प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा नेपालले नारायणहिटीमा नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताएका हुन् । त्यसले नारायणहिटी नेपालमा शासन गर्ने गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाहबारे अध्ययन गर्ने स्थल हुने उनले बताए ।

नेता नेपालले भने, ‘संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गणतन्त्र संग्राहलय वा स्मारक छुट्टै बनाउनुपर्ने बताए । ‘छुट्टै म्युजियम बनाउनुपर्छ । लखन थापा मगरदेखि अहिलेसम्मका जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदान सबैका गाथाहरु लेख्नुपर्छ । संविधान निर्माणका इतिहास लेखौँ’ उनले भने, ‘त्यो मान्छेहरु हेर्न चाहन्छन् ।’