Breaking News

रूस युक्रेन युद्धमा थप एक जना नेपाली मारिए

रूसी फौजमा भर्ती भएका स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्याल मारिएको वडा नम्बर १४का अध्यक्ष राजु कुँवरले पुष्टि गरेका हुन्। यद्यपि परराष्ट्र मन्त्रालयले भने यसको जानकारी दिइसकेको छैन।

‘मलाई सरकारी संयन्त्रबाटै वालिङ–१४ का हरि अर्यालको मृत्यु भएको र आवश्यक कागजात पठाइन लागेको जानकारी आएको थियो,’ वडाध्यक्ष कुँवरले सेतोपाटीसँग भने।

उनी गत कात्तिक ३ गते मात्रै रूस गएको वडाध्यक्ष कुँवरले बताए।

‘मारिएका अर्याल दुबई हुँदै त्यहाँ पुग्नुभएको रहेछ। चार दिन दुबईमा ट्रान्जिट पारेर रूस पुगेको र त्यहाँको फौजमा भर्ती भएको खुलेको छ,’ उनले भने।

अर्याल पूर्वसैनिक रहेको पनि वडाध्यक्ष कुँवरले बताए।

उहाँ तीन वर्षजति नेपाली सेनामा कार्यरत रहेको र भर्खरै जागिर छाडेको खुल्न आएको छ,’ उनले भने।

अनौपचारिक माध्यमबाट यसअघि नै अर्याल मारिएको खबर आए पनि सरकारी संयन्त्रले नै त्यसको पुष्टि गरेको उनले बताए। अर्याल तीन दाजुभाइमध्ये कान्छो हुन्न ।