Breaking News

‘जनतासँग माओवादी’ अभियानले जनतामा आशा र उत्साह जगायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी’ अभियानले जनतामा आशा र उत्साह जगाएको बताएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा गरेको पत्रकार सम्मलेन बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जनता आफुतिर फर्किएको बताएका हुन् ।

तीन महिने अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्,’ उनले भने ।

त्यस्तै उनले गाउँगाउँमा माओवादीका संगठनहरु चलायमान बनेको समेत बताए । बनेको ठाउँका संगठन चलायमान भएका छन् । नबनेका ठाउँमा संगठन बनेका छन् । पार्टीबाट पलालयन हुने कुरा रोकिएको छ । पार्टी प्रवेशको क्रम पनि बढेको बताए ।