Breaking News

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना स्वास्थ्यमा सुधारउन्मुख

१७ पुस, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको छ । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि बताएको छ ।