१६ पुस, काठमाडौं । प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् ।
दिल्लीमा किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी
छ ।
वेश्यावृत्तिबाट भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको एसपी पंगेनी
बताउँछन् । यो दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्धा दर्ता भएका थिए । त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा छन् ।
अनुसन्धान जारी रहेका बेला उनीहरुले पुनः नेपालबाट युवतीहरुलाई झिकाएर यौन व्यवसाय सञ्चालन गरिरहेको सूच्ना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र किन इण्डिया नामक संस्थासँग समन्वय गरेर १० पुसमा दिल्लीबाट थप ५ जना पीडितको उद्दार गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।