काठमाण्डौंमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमित

७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । आज बुधबारबाट सबैको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।