काठमाडौं । ललितपुर सिटी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ । आज दशरथ रंगशालामा भएको दोस्रो क्वालिफयर खेलमा पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले हराउँदै ललितपुर फाइनलमा पुगेको हो ।
खेलको ३३औं मिनेटमा निखिल कदम दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भएपनि ललितपुरले पोखरालाई अतिरिक्त समयमा हरायो । पोखरालाई जिताउन ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो । त्यसअघि खेलमा पहिलो अग्रता पनि ललितपुरले नै लिएको थियो । ४५ औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।
७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएको थियो । जोए आइडुको पासमा स्टेफेन पापा कोजो एनोरले बक्समा हेडमार्फत गोल गरेका थिए ।
बिजेता ललितपुरले फाइनलमा शनिबार धनगढी एफसीसँग खेल्ने छ । धनगढी एफसी पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो ।
एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेता टोलीले २० लाख रुपैयाँ पाउने छ ।